प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
मंसिर २०७८
करेण्ट लागि मृत्यु
२०७८-०८-२७

काभ्रे, पनौति नगरपालिका-५ चौकोट स्थित करेण्ट लागि एक मानिसको मृत्यु भएको छ ।मृत्यु हुने सोहि बस्ने ४० वर्षीय केदार पुतुवार रहेका छन् । घट्ना सोहि बस्ने २६ वर्षीय कबि नेपाली को घर अगाडि रहेको फलामको बिजुलीको पोल ढल्न गई निज कबि नेपालीले मृतक केदार पुतुवार लाई बोलाई दुबै जना मिलि उक्त बिजुलीको पोल उठाउने क्रममा नजिकै रहेको ११००० भोल्ट को तार मा छुन गई दुबै जना लाई करेण्ट लागेको थियो । करेण्ट लागि घाईते भएका निजहरुको उपचारको लागी धुलिखेल अस्पताल ल्याएकोमा उपचारको क्रममा डाक्टरले केदार पुतुवार लाई मृत घोषणा गरेको थियो । घाईते भएका कबि नेपालीको दाहिने हातखुट्टा नचल्ने अवस्था भएको छ । घट्ना बारे प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

मृत लाश फेला
२०७८-०८-२१

नुवाकोट, शिवपुरी गाउँपालिका-१ तलाखु स्थित मध्यपहाडी लोक मार्गमा एक मानिस मृत अवस्थामा शव फेला परेको छ । मृत्यु हुने सोहि जिल्ला पन्चकन्या गाउँपालिका-३ राहुटार बस्ने भिमसेन थापाको छोरा २० वर्षीय सुमन थापा रहेका छन् । निज त्रिशुलीबाट शिवपुरी तलाखु चल्ने बा. २ ख. ६६८७ नं.को बसको सह-चालक को रुपमा काम गर्दै आएका थिए । निजको शव शिवपुरी गाउँपालिका-१ तलाखु स्थित मध्यपहाडी लोक मार्गमा सडक छेउमा घोप्टो परी मृत अवस्थामा फेला परेको थियो । मृतकको नाक र कानबाट रगत बगेको अवस्थामा शव भेटिएको थियो । प्रहरीले अनुसन्धानको शिलशिलामा शंकास्पद निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य गरिरहेको छ ।निम्न१.      जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. १ बस्ने बर्ष ४२ को कृष्ण श्रेष्ठ ।२.      जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा. वडा नं. ७ बस्ने वर्ष ३३ को श्यामहरी पण्डित ।३.      ऐ.ऐ.बस्ने वर्ष २९ को कुमार पण्डित । (बस चालक) ४.      ऐ.ऐ.बस्ने वर्ष ३४ को राजेश कडेल ।

बिजुली सर्ट भई आगलागी
२०७८-०८-२०

चितवन, भरतपुर महानगरपालिका-१ रामनगर खानेपानि ट्याङ्की नजिक रहेको इको पाइप फ्याक्ट्रीमा अचानक आगलागी भएको छ ।उक्त फ्याक्ट्री सोहि महानगरपालिका-२ क्षेत्रपुर बस्ने राजुलाल श्रेष्ठले संचालन गर्दै आएका थिए । आगो अचानक बिजुली सर्ट भई लागेको थियो । आगलागीबाट कम्पनी को दुइ भाग मध्ये एक भागमा रहेको पाइप, कच्चापदार्थ बनाउने मेसिन समेत जलि नष्ट हुँदा अन्दाजी रु २०,००,०००।- (बिस लाख) बराबरको क्षती भएको छ । उक्त आगो दमकल, स्थानिय मानिस र प्रहरीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७८-०८-१९

मकवनापुर, मनहरी गाउँपालिका-७ मनहरी पुल छेउ स्थित प्रहरीले एक जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा आउने राक्सिराङ गाउँपालिका-२ बस्ने २७ वर्षीय बिनोद मोक्तान रहेका छन् । निजलाई मा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी बाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो । निज फलामे बाट मनहरी तर्फ पैदल आउँदै गर्दा पुर्व पश्चिम सडक खण्ड मनहरी पुल छेउ स्थित प्रहरीले निजलाई चेकजाच गर्दा निजले पछाडी भिर्ने कालो झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ५ किलो फेला परेको थियो । प्रहरीले लागुऔषध गाँजा सहित निज बिनोद मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य ईलाका प्रहरी कार्यालय मनहरीमा गरिरहेको छ । 

झुण्डी मृत्यु
२०७८-०८-१६

सिन्धुपालचोक, लिसंखुपाखर गाउँपालिका-७ ककलिङ स्थित एक मानिसको झुण्डी मृत्यु भएको छ ।झुण्डी मृत्यु हुने सोहि गाउँपालिका-७ ककलिङ बस्ने अन्दाजी ७२ वर्षीय कर्मध्वज लामा रहेका छन् । निज आफ्नो घर देखी अन्दाजी १ कि.मि. उत्तर तर्फ पर्ने आईतबारे जंगलमा गुरासँको हाँगामा गलबन्दीको पासो घाँटीमा लगाई मृत अवस्थामा फेला परेका थिए । मिति २०७८।०८।१५ गते निजको श्रीमतीको हात भाँचिएकोले उपचारको लागी काठमाडौ लगिएको थियो । घर देखि निज श्रीमतीलाई भेटन जान्छु भनि काठमाडौं हिडेका निजको कुनै अतोपतो नलागी निजको छोरा र आफन्तले निजको खोजतलाश गर्दै जाँदा निज झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घट्नाको सम्बन्धमा प्रहरीले घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य गरिरहेको छ । 

सवारी दुरघट्नामा परी मृत्यु
२०७८-०८-१५

चितवन, भरतपुर महानगरपालिका-११ विशालचोक स्थित ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।स्कुटर चालक जिल्ला नवलपुर मध्यबिन्दु नगरपालिका-७ बस्ने २० वर्षीय सन्जु ढकाल रहेकी छिन् । उक्त स्कुटरमा सवार सोहि बस्ने २२ वर्षीय मन्जु ढकाल सामान्य चोटपटक मात्र लागेको । ना४ख २१५७ नं.को ट्याङकर आँपटारीबाट केन्द्रिय बसपार्क तर्फ आउँदै गर्दा बिरेन्द्र क्याम्पसबाट मालपोतचोक तर्फ आउँदै गरेको बा.प्र.०३-००२प ९६३८ नं.को स्कुटरलाई ठक्कर दिएको थियो । उक्त दुरघट्नामा परी घाईते भएका निजहरुको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भईरहेकोमा स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको हो । यस घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सवारी दुर्घटनामा परी मृत्यु
२०७८-०८-१४

रामेछाप, मन्थली नगरपालिका-६ मसानटार स्थित खुर्कोट मन्थली सडक खण्डमा प्रदेश २-०३-००६ ख ४७६२ नं.को ट्रक दुरघट्ना भई ट्रक चालक को मृत्यु भएको छ । ट्रक चालक भरतपुर महानगरपालिका-८ बस्ने २८ वर्षीय सुर्य कुमार भाट रहेका छन् । उक्त ट्रकको सहचालक सोहि महानगरपालिका-५ बस्ने २४ वर्षीय किसन थापा सकुशल रहेका छन् । ट्रक नारायणगडबाट मन्थली तर्फ आउँदै गरेको बेला मन्थली नगरपालिका-६ मसानटार स्थित आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खस्न गई दुरघट्ना भएको थियो । दुरघट्ना हुँदा चालकको टाउकोमा गहिरो चोट, बाँया खुट्टा भाँचिएको बेहोस अवस्थामा फेला परेका थिए भने सहचालक सकुशल अवस्थामा पाईएको थियो । घाइते चालकलाई उपचारको लागी खुर्कोट सुभजिवन अस्पताल पठाइएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

डुबी मृत्यु
२०७८-०८-१४

रामेछाप, लिखुतामाकोसी गाउँपालिका-६ पाखाबारी स्थित तामाकोसी नदि तर्ने क्रममा नदिले बगाई एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने सोहि बस्ने टक बहादुर कार्कीको श्रीमती ४९ वर्षीय एकमाया कार्की रहेकी छिन् । निज बगरबेसी स्थितबाट, सानिमा हाइड्रोको हाईटेशन लाईनको सामान ओसारपसार गर्न ४ वटा ड्रम डोरीले बाँधेर बनाएको फेरी (डुङ्गा) मा आफुखुसी चढी तामाकोसी नदी तर्ने क्रममा ड्रम बाँधेको डोरी फुस्किन गई तामाकोसी नदीले बगाई मृत्यु भएको थियो । प्रहरीले स्थानियको सहयोगमा निजको खोजतलाश गर्ने क्रममा अन्दाजी ५०० मिटर तल उक्त नदिको किनारमा मृत अवस्थामा फेला पारेको थियो । यस सम्बन्धमा लाशजाँच मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०८-१४

मकवनापुर, हेटौडा उपमहानगरपालिका-१४ कालापानी बोक्सिडाडा स्थित प्रहरीले बिशेष सुचनाको आधारमा लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा आउने सोहि बस्ने २६ वर्षीय रबिन तामाङ रहेका छन् । निजलाई जि.प्र.का.मकवानपुरबाट खटिएको बिशेष टोली र अस्थायी प्रहरी पोष्ट मयुरधापबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलिले नियन्त्रणमा लिएको हो । निजको खानतलासी गर्ने क्रममा निजले लगाएको ज्याकेटबाट लागुऔषध नाईट्रोभेट ४९ ट्याबलेट, ट्रामा ३६० क्याप्सुल, स्टेगन ३५ ट्याबलेट, स्पासपेन ६ ट्याबलेट र नगद रु.४६,२५०।- (छयालिस हजार दुई सय पचास) फेला परेको थियो । प्रहरीले लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

पानीमा डुबि मृत्यु
२०७८-०८-१०

मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-१ जन्गीपहरा स्थित रहेको कुलेखानी तालमा डुबि मानिसको मृत्यु भएको छ ।मृत्यु हुने कैलाश गाउँपालिका-५ गोगने बस्ने ४८ वर्षीय बुद्धि लाल स्यान्ताङ रहेका छन् । निज ईन्द्रसरोबर गाउँपालिका-१ बस्ने  चन्द्र बहादुर बलामीको जग्गा कमाई गरि बसेकोमा मिति २०७८।०८।०६ गते देखि घरमा कोही कसैलाई जानकारी नदिई घरबाट हिडी वेपत्ता भएका थिए । निजको आफन्तहरुले निजको खोजतलाश गर्दै जाँदा कुलेखानी तालको छेउमा मृत अवस्थामा फेला पारेको थियो । प्रहरीले निजको बारेमा बुझ्दा मृतकको मानसिक सन्तुलन अलि ठिक नभएको भन्ने कुरा बुझिएको हो । यस सम्बन्धमा प्रहरीले अन्य अनुसन्धान कार्य गरिरहेको छ । 

आर्थिक प्रलोभनमा पार्न खोज्ने व्यक्ति प्रहरीको नियन्त्रणमा
२०७८-०८-०८

सिन्धुली, गोलन्जोर गाउँपालिका-७ खुर्कोट बजार स्थित प्रहरी चेकपोष्टमा डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रकाउ हुने जिल्ला उदयपुर चौदण्डीगढि नगरपालिका-१ बस्ने वर्ष २२ को मनिष सुर्खेती रहेका छन् । निजले टाईमकार्ड भित्र रु ५०।– रुपैयाँ हाली डिउटीमा खटीएको प्रहरीलाई दिई आर्थिक प्रलोभन पार्न खोज्दा निज सह-चालकलाई नियन्त्रणमा लिईएको हो । विर्तामोडबाट काठमाण्डौ तर्फ जाँदै गरेको चलाक जिल्ला धनकुटा पाख्रीवास नगरपालिका-५ चुङवाङ बस्ने वर्ष ४३ को सुमन आलेले चलाएको बा ५ ख ६७९६ नम्बरको हाएस निर्धारित समय भन्दा अगाडी आएकोले समय मिलाई दिनको लागि सोही हाएसको सह-चालक डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा निज सह-चालकलाई नियन्त्रणमा लिईएको हो । उक्त सवारी साधनलाई तिव्र गति चलाएको भनी रु २०००।– ट्राफिक जरिवना गरी गन्तव्य तर्फ छाडिएको छ । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय खुर्कोटमा आवश्यक कामकारबाही भईरहेको छ । 

सिन्धुपाल्चोक:- सवारी दुरघट्नामा परी मृत्यु
२०७८-०८-०६

मङ्सिर ६, मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजार स्थित मेलम्चीबाट जिरोकिलो काभ्रे तर्फ जाँदै गरेको बा ४ ख ७७६६ नं.को बसले बिपरित दिशाबाट आउँदै गरेको बा प्र०२-०२० प ८११४ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक जिल्ला नुवाकोट बिदुर नगरपालिका घर भई हाल सोहि स्थित रहेको मेरो माईक्रो फाईनान्समा काम गर्ने अन्दाजी वर्ष २३ को बासु बस्नेतको घटनास्थलमा नै मृत्यु भएको, स्थानिय अन्दाजी ९०।१०० जनाको संख्यामा भेला जम्मा भएका समुहले बसको सिसाहरु तोडफोड गरेको, बस चालक फरार रहेको, फरार चालकको खोजतलाश भईरहेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

नुवाकोट:-आगलागी
२०७८-०८-०२

मङ्सिर २, ककनी गाउँपालिका-१ महालक्ष्मीथान स्थित दुर्गा बहादुर श्रेष्ठको दुई तल्ला पक्की घरमा भाडा लिई बस्ने बिकाश वलामीको कोठामा अचानक करेन्ट सर्ट भई आगलागी हुँदा अन्दाजी २,२६,०००।- (दुई लाख छबिस हजार) बराबरको क्षती भएको, उक्त आगो प्रहरी तथा स्थानियहरुको सहयोगमा नियन्त्रणमा लिएको, कुनै मानविय तथा चौपाया क्षती नभएको, उक्त आगो बाट निम्न सरसामानहरु जली नष्ट भएको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । निम्न:- १  १. अन्नपात रु.१०,०००।-, डि फ्रिज थान १ रु.६०,०००।-, सोभा सेट थान १ रु.२०,०००।- र भाँडाकुडा तथा लत्ताकपडा सहित अन्दाजी रु.२,२६,०००।- (दुई लाख छबिस हजार मात्र) बराबरको आगोलागी भई क्षती भएको ।

सिन्धुलीः- मोबाईल पसल चोरी
२०७८-०८-०१

मङ्सिर १, दुधौली नगरपालिका-४ डकाहा बजार स्थित कपडि जेण्डर स्टोर्स नाम गरेको मोबाईल पसल चोरी भएको छ । उक्त पसल सञ्चालक जिल्ला धनुषा सबैला नगरपालिका-१ बस्ने अन्दाजी वर्ष ३४ को दिनेश कपडि रहेको, निज विगत केहि वर्ष देखि डकाहा बजारमा घर भाडा लिई उक्त मोबाईल पसल संचालन गर्दै आईरहेको । चोरले पसलको उत्तर तर्फको काठको ढोकामा लगाएको ताल्चा लगाउने कब्जा काटी उक्त पसल भित्र प्रवेश गरी पसल भित्र काठको र्‍याकमा रहेको निम्न अनुसारको मोबाईल तथा सो को उपकरण लगाएत घडिहरु समेत गरी अन्दाजी रु ५,०७,०००।- (पाँच लाख सात हजार) मुल्य बराबरको सामान चोरी गरेको, चोरी गर्ने व्यक्तिको खोजतलाश कार्य तथा अनुसन्धान कार्य जारी रहेको ।निम्नः-१. जियोनि कम्पनिको मोबाईल थान ८ अं. मुल्य प्रतिगोटा २०,०००।-। गरी जम्मा १,६०,०००।– ( एक लाख साठि हजार )२. ओक्टेल कम्पनिको मोबाईल थान ६ ,प्रतिगोटा १८,०००।– गरी जम्मा १,०८,०००।-( एक लाख आठ हजार )३. ईन्टेक्स मोबाईल थान ४ प्रतिगोटा १२,०००।- गरी जम्मा ४८,०००।– ( अट्चालिस हाजर )४. राईट कम्पनिको मोबाईल थान ५ प्रतिगोटा १२,०००।– गरी जम्मा ६०,०००।– ( साठि हजार )५. प्राईम कम्पनिको मोबाईल थान ५, प्रतिगोटा १२,०००।– गरी  जम्मा ६०,०००।– ( साठि हजार )६. बटम कम्पनिको मोबाईल थान १५, प्रतिगोटा २,०००।– गरी  जम्मा ३०,०००।– ( तिस हजार )७. ईएरफोन १०, प्रतिगोटा ५००।– गरी  जम्मा ५,०००।– ( पाँच हजार )८. हेडफोन थान ५ , प्रतिगोटा १५००।– गरी जम्मा ७,५००।– ( सात हजार पाँच सय )९. ब्लुतुथ थान ५ , प्रतिगोटा ७००।–  गरी जम्मा ३,५००।– ( तिन हजार पाँच सय ) १०. घडि थान २५ , प्रतिगोटा १,०००।– गरी जम्मा २५,०००। ( पच्चिस हजार ) गरि जम्मा अं. मु. रु ५,०७,०००।– ( पाँच लाख सात हजार ) बराबरको चोरी भएको ।

अधिक लोड >>
कम देखाउनुहोस् <<